महानगरपालिकामा मेयर गुमाएको एमालेलाई उपमेयरमा बहुमत

मत परिणाम सार्वजनिक भएको पाँचवटा महानगरपालिकामा मेयर पद गुमाएको एमालेलाई उपमेयरमा भने राहत मिलेको छ । एमालेले ३ वटा महानगरमा उपमेयर जितेको छ भने काठमाण्डौमा फराकिलो अन्तरले अगाडि छ ।

ललितपुरको उपमेयरमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका बाबुराज बज्राचार्यलाई हराउँदै एमालेकी मञ्जली शाक्य बज्राचार्य विजयी भइन् । यस्तै, विराटनगरको उपमेयरमा गठबन्धनबाट जनता समाजवादी पार्टी जसपाका उम्मेदवार अमरेन्द्र यादवलाई पछाडि पार्दै एमालेकी शिल्पा कार्की निर्वाचित भईन ।

यस्तै, पोखराको उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङ निर्वाचित भएकी छिन । वीरगञ्ज र भरतपुरमा भने उपमेयरमा गठबन्धनकै उम्मेदवार विजयी भएका छन् । यस्तै, काठमाण्डौ महानगरपालिकामा सुरुवातदेखि नै एमालेकै उम्मेदवार सुनिता डंगोलको जित निश्चित भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार