टेक्सास गोली काण्ड : मृत्यु हुनेको संख्या २१ पुग्यो

अमेरिकाको टेक्सासमा मंगलबार एक १८ वर्षीय किशोरले अन्धाधुन्ध गोली प्रहार गर्दा अहिलेसम्म २१ जनाको मृत्यु भएको पुष्टि भएको छ । सान एन्टोनियोबाट करिब ८० माइल टाढा रहेको टेक्सासको रोब्स इलिमेन्टरी स्कूलमा आक्रमण भएको हो । अमेरिकी सञ्चारमाध्यमका अनुसार आक्रमणमा मारिनेहरूमा १८ बालबालिका र तीन वयस्क थिए।

संदिग्ध आक्रमणकारी १८ वर्षका युवा थिए । टेक्सासका गभर्नरका अनुसार उक्त युवकको नाम साल्भाडोर रामोस थियो । प्रहरीको जवाफी कारबाहीमा आक्रमणकारीको मृत्यु भएको समाचारमा जनाइएको छ । मृत्यु हुनेमा अधिकांश दोस्रो, तेस्रो र चौथो कक्षाका बालबालिका रहेका छन्, जसको उमेर ७ देखि १० वर्षसम्म रहेको बताइएको छ ।

आक्रमणपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले शोक व्यक्त गर्दै भने, ूबालबालिका गुमाउनु भनेको तपाईको मुटुको टुक्रा गुमाउनु जस्तै हो। यसले तपाईको छातीमा खालीपन छोड्छ र चीजहरू फेरि कहिल्यै उस्तै हुने छैनन्।ू बाइडेनसँगै उनकी श्रीमती र प्रथम महिला जिल बाइडेन पनि थिइन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार