काठमाडौं महानगरमा बालेनलाई २० हजारको अग्रता

काठमाडौं महानगरपालिकामा १ लाख ६६ हजार ३ सय १३ मतगणना भएको छ । जसमा स्वतन्त्र उम्मेदवार बालेन साहले ५४ हजार २ सय १३ मतसहित फराकिलो अग्रता कायम राखेका छन् ।

उनलाई काँग्रेस उम्मेदवार सिर्जना सिंहले ३४ हजार १८० मतका साथ पछ्याई राखेकी छिन् । एमाले उम्मेदवार केशव स्थापित ३३ हजार ६ सय ९ मतसहित तेस्रो स्थानमा छन् ।

१ देखि १२ र १८ देखि ३२ नम्बर वडाको मत परिणाम घोषणा भइसकेको छ । यस्तै १३ देखि १७ नम्बर वडाको मतगणना जारी छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार