विदेशी आतङ्कवादी लडाकु कार्य समूहको बैठक कुवेतमा

कुवेतको राजधानी कुवेत सिटीमा मङ्गलबार विदेशी आतङ्कवादी लडाकु  कार्य समूहको बैठक आयोजना गरिएको छ ।

अन्तरराष्ट्रिय सहयोग र विकासका लागि कुवेतका सहायक विदेशमन्त्री हमाद अल-मशानले उद्घाटन समारोहमा शान्ति र आतङ्ककारी समूहहरू विरुद्ध लड्न अन्तरराष्ट्रिय प्रयासहरूका लागि आफ्नो देशको समर्थनमा जोड दिएका छन् । आतङ्कवादी धम्कीका सबै स्रोतहरूलाई रोकेर द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति हासिल गर्न बैठक महत्त्वपूर्ण छ, उनले भने, एफटीएफहरूबाट हुने क्षतिको सामना गर्नका लागि स्पष्ट संयन्त्र खोज्नुका साथै संयुक्त र रणनीतिक प्रयासलाई अगाडि बढाउने लक्ष्य राखिएको छ ।

चरमपन्थी इस्लामिक स्टेट (आईएस) विरुद्धको प्रभावकारी भूमिकाको पालना गर्दै कुवेतले आतङ्कवादको वित्तपोषण विरुद्ध लड्न अन्तरराष्ट्रिय समुदायसँग संयुक्त प्रयास गरेको छ ।

एकदिवसीय बैठकमा आगामी अवधिका लागि सबै मुख्य चुनौतीहरू र आईएस विरुद्धको अन्तरराष्ट्रिय गठबन्धनमा सदस्यहरू बीच समन्वय र सूचना आदानप्रदानको महत्त्वबारे पनि छलफल हुने उनले बताएका छन् । कुवेत, टर्की र नेदरल्यान्ड्सको नेतृत्वमा रहेको एफटिएफ कार्य समूहको बैठक ८५ सदस्यीय गठबन्धनको समर्थनमा रहेको कुवेत समाचार एजेन्सीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार