नीति तथा कार्यक्रम ‘पर्फेक्ट’ नभए पनि आधारभूत रुपमा ठीक : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारले पेस गरेको नीति तथा कार्यक्रम आधारभूत रुपमा ठीक भएको प्रतिक्रिया दिएका छन् ।

मंगलबार संसद भवनमा संवाददाताहरुसँग बोल्दै उनले भने ‘पर्फेक्ट नभए पनि आधारभूत रुपमा ठीक छ ।’
उनले थपे ‘गठबन्धन दलको धारणालाई अगाडि सारेको छ,’ अध्यक्ष नेपालले भने, ‘जनताको मुद्दालाई, अहिलेको समस्यालाई सम्बोधन गर्ने कोशिस गरेको छ । राज्यका, समाजका सबै समस्यालाई अधिकतम रुपमा सम्बोधन गर्ने कोशिस गरेको छ ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार