पोखरा महानगरमा ७ घण्टापछि सुरु भयो मतगणना

पोखरा । पोखरा महानगरपालिकाको मतगणना पुन सुरु भएको छ । वडा नम्बर १८ को पुनः मत गणनाको माग गर्दै नेकपा एमालेले प्रतिनिधि फिर्ता बोलाएपछि मत गणना रोकिएको थियो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले एमालेको निवेदन कारबाहीको क्रममा रहेको र यो विषय गम्भीर भएकाले थप कारबाही गर्ने प्रतिवद्धता जनाएको छ । लगतै गणना सुरु भएको छ ।

२२, ३२ र ३३ नम्बरको वडाको गणना बाँकी छ । ३० वटा वडाको गणना सकिसकेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार