गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालाको बाँकी काम सरकारले पूरा गर्ने

काठमाडौं । सरकारले बन्दै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माण प्रक्रियालाई अगाडि बढाउने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आवका नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो जानकारी गराएकी हुन् । अब रंगशालाको अधुरो काम टुंगोमा पुर्‍याउन समन्वय र सहजीकरणको काम सरकारले गर्ने भएको छ ।

सरकारले प्रत्येक प्रदेशमा प्रशिक्षण सुविधासहितको अन्तर्राष्ट्रिय रंगशाला बनाउने भएको छ । सबै स्थानीय तहमा खेल ग्राम बनाइने भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार