सवैधानिक परिषदको बैठकबाट रिक्त आयोगमा पदाधिकारी सिफारिस

लोकसेवा आयोगमा रेग्मी

संवैधानिक परिषद्को बैठकले लोकसेवा आयोग, निर्वाचन आयोगलगायत रिक्त रहेका संवैधानिक आयोगमा पदाधिकारी सिफारिस गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको परिषद्को बैठकमा खाली रहेका सबै आयोगमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गरिएको छ ।

बैठकपछि राष्ट्रियसभामा अध्यक्ष गणेश तिमिल्सिनाका अनुसार परिषद्को बैठकले खाली रहेका संवैधानिक आयोगका पदाधिकारी नियुक्तिका लागि सिफारिस गरेको छ । जसअनुसार लोकसेवा आयोगको अध्यक्षमा नेपाली काँगेसका सभापति शेर बहादुर देउवाको कोटाबाट पूर्वसचिव माधवप्रसाद रेग्मी सिफारिस भएका छन् ।
बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार