भारतीय अभिनेता सलमान खान नेपाल नआउने

चर्चित भारतीय अभिनेता सलमान खानको नेपाल आउने कार्यकक्रम स्थगित भएको छ । आगामी जेठ १४ गते दशरथ रंगशालामा हुन लागेको दबंग टुर रिलोडड अन्तिम समयमा रोकिएसँगै उनी नेपाल आउने कार्यक्रम स्थगित भएको हो ।

ओडीसी इन्टरटेनमेन्टको आयोजनामा हुने कार्यक्रमका लागि सलमान खानलाई नेपाल ल्याउन लागिएको थियो ।

कार्यक्रम रोकिएको बारे आयोजकले औपचारिक जानकारी दिएको छैन । तर, शनिबार कार्यक्रम नहुने निधो भइसकेको स्रोतले बतायो । कार्यक्रम किन स्थगित गरीयो खुलाइएको छैन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार