पेट्रोलियम पदार्थको मूल्यलाई लागत प्रभावितका साथै स्वचालित बनाइने भएको छ। मंगलबार संघीय संसदको दुवै सदनको बैठकमा सरकारको आ.व. २०७९–८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले पेट्रोलियम पदार्थको मूल्यलाई स्वचालित बनाइने बताएकी हुन् ।
‘आपूर्ति व्यवस्थालाई नियमित सहज र लागत प्रभावकारी बनाउन मूल्य निर्धारणमा स्वचालित प्रणाली लागू गरिने छ,’ उनले भनिन् । कर समायोजन नगरी स्वचालित मूल्य प्रणाली लागू गर्दा इन्धनको मूल्य थप महँगिन जानेछ ।
स्वचालित प्रणालीको व्यवस्थासँगै अब अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्यमा घटबढ हुनेछ ।