स्थानीय निर्वाचन : बागलुङमा १० प्रतिशत मत बदर

गत बैशाख ३० गते भएको स्थानीय निर्वाचनमा बागलुङमा १० प्रतिशतभन्दा बढी मत बदर भएको छ। जिल्लाका १० स्थानीय तहका प्रमुख अध्यक्ष, उपप्रमुखरउपाध्यक्ष, वडाध्यक्ष, दलित महिला, महिला र खुला सदस्य पदमा खसेको मतको १०.६३ प्रतिशत मत बदर भएको हो।

कुल १ लाख ९३ हजार २२६ मतदातामध्ये १ लाख २१ हजार ८६९ अथवा ६३.६० प्रतिशत मत खसेकामा ८९.३७ प्रतिशत मत सदर भएको जिल्ला निर्वाचन कार्यालय बागलुङले जनाएको छ। कुल खसेकामध्ये पूर्णरूपमा ०.८० प्रतिशत अथवा १ हजार ९ र सातवटै पदमा १३ हजार ७४२ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय बागलुङका सूचना अधिकारी गोकुल शर्माले जानकारी दिए।

बागलुङ जिल्लामा निर्वाचनपछि नेपाली कांग्रेसले ६ पालिका प्रमुख, ५ पालिका उपप्रमुख, ३७ वडाध्यक्ष, माओवादी केन्द्रले १ पालिका प्रमुख, ३ पालिका उपप्रमुख, १७ वडाध्यक्ष, राष्ट्रिय जनमोर्चाले २ पालिका प्रमुख, २ पालिका उपप्रमुख, एक विद्रोही समेत जोड्दा ११ वडाध्यक्ष, नेकपा एमालेले १ पालिका प्रमुख, १६ वडाध्यक्ष, नेकपा समाजवादीले ३ वडाध्यक्ष र स्वतन्त्रबाट १ वडाध्यक्षले जितेका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार