सरकारले बन्द भएका उद्योग पुनः संचालनमा ल्याउने

सरकारले विगतमा बन्द भएका उद्योग पुनः संचालनमा ल्याउने भएको छ। आगामी आर्थिक वर्ष २०७९र८० का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले बन्द भएका सरकारी उद्योगहरुलाई पुनः संचालनमा ल्याउने बताएकी हुन्।

हाल जनकपुर चुरोट कारखाना, हरिसिद्धी इँट्टा टायल कारखाना लगायतका उद्योग सरकारले कुनै बेला संचालन गरेको थियो । हाल यी उद्योग बन्द अवस्थामा छन्। केही उद्योगको सम्पत्ति सरकारले पूर्ण वा आंशिक रुपमा बिक्री गरिसकेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार