संसद बैठकमा राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

सरकारका वार्षिक नीति तथा कार्यक्रम पेश गर्न राष्ट्रपति विद्यादेवी भण्डारी संसद् भवन पुगेकी छन् ।सरकारका नीति तथा कार्यक्रम पेश गर्नका लागि राष्ट्रपति भण्डारी मंगलवार अपरान्ह ४ बजे संसद् भवन पुगेकी हुन् ।

राष्ट्रपति भण्डारीलाई संसद् भवनमा सभामुख अग्नि सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले स्वागत गरेका छन् ।

वार्षिक नीति तथा कार्यक्रम पास भएपछि सरकारले जेठ १५ गते संसद्मा बजेट पेश गर्नेछ ।मंगलवार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले सरकारका नीति तथा कार्यक्रम पास गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार