पोखरा । नेकपा एकीकृत समाजवादीको तर्फबाट पोखरा महानगरपालिकाका मेयरका उम्मेदवार धनराज आचार्यले निर्वाचित नहुँदै संघीय सरकारसँग बजेट माग गरेका छन् । आइतबार काठमाडौं पुगेका आर्चायले पोखराका प्रमुख योजनाहरू संघीय सरकारलाई बुझाउनुको साथै बजेट समेत माग गरेका हुन् ।
विशेषगरी ल्यान्डफिल साइट स्थानान्तरण गर्न उनको माग छ । निर्माणाधीन पोखरा अन्तराष्ट्रिय विमानस्थल चल्न ल्यान्डफिल हटाउनु पर्ने पहिलो सर्त छ ।
अघिल्ला जनप्रतिनिधिले पाँच वर्षे कार्यकालमा गर्न नसकेको ल्यान्डफिल सार्ने योजनामा अहिले गठबन्धनका उम्मेदवारले पहिलो चासो दिए । त्यहाँबाट ल्यान्डफिल सार्न आवश्यक बजेट मागेको आचार्यले बताए । ‘पोखराको प्रमुख चिन्ता ल्यान्डफिल हो । यो सार्नुपर्छ,’ उनले भने, ‘अहिले संघ सरकारले बजेट बनाउँदै छ। यहि वर्ष बजेट नहाले ढिलो हुन्छ । त्यसैले अर्थमन्त्रीसँग आग्रह गरेर आएको छु ।’
उनले पोखरालाई पर्यटकीय राजधानी घोषणाको माग राखेर आएका छन् । अहिले पोखरा महानगरपालिकाको मतगणना जारी छ । आचार्यले यहाँ अग्रता बनाइराखेका छन्