नेपाली काँग्रेसले पोखरा महानगरपालिकाको वडा नम्बर १ र १७ नम्बर वडामा पुनः गणनाको माग गरेको छ । वडा नम्बर १ र १७ नम्बर वडामा धाँधली भएको भन्दै काँग्रेसले पुन मतगणनाको माग गरेको हो ।
वडा नम्बर १ मा नेकपा एमालेका सहार प्रधान विजयी हुँदा कांग्रेसका सीता गुरुङ पराजित भएकी थिइन् । पोखरा वडा नम्बर १७ मा नेकपा एमालेका राधिका शाही विजयी हुँदा नेपाली कांग्रेसका देवराज आचार्य पराजित भएका थिए ।
यस अघि नेकपा एमालेले वडा नम्बर १८ को पुनः मतगणनाको माग गर्दै निवेदन हालेको दिएको थियो । अहिले पोखरामा २२, ३२ र ३३ वडाको मत गणना भइरहेको भए पनि नेकपा एमालेका प्रतिनिधि सहभागी नहुँदा मतगणना स्थगित भएको छ ।