गण्डकी प्रदेशमा अहिलेसम्मकै धेरै मृत्यु पुष्टि

गण्डकी प्रदेशमा एकैदिन अहिलेसम्मकै धेरै मृत्यु पुष्टि भएको छ । आइतबार थप ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोना संक्रमणबाट कास्कीका सात जना, स्याङजा, पर्वत, रुपन्देही, र म्याग्दीका एक–एक जनाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनीहरु १२ जनाको पोखरामा उपचारका क्रममा मृत्यु भएको निर्देशनालयका प्रवक्ता डा.विनोदविन्दु शर्माले जानकारी दिए ।

योसँगै गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २६२ पुगेको छ । यस्तै प्रदेशमा २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा बाग्लुङका २० जना र मुस्ताङका एकजना रहेका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २२ हजार ५ सय २० पुगेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार