सामाजिक सञ्जालको दुरुपयोग गरी अनलाइनमार्फत ठगी गरेको आरोपमा प्रहरीले एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१७ कालधारा सोह्रखुट्टे बस्ने दोलखा शैलुङ गाउँपालिका–८ शैलुङगेश्वरीका ३५ वर्षीय उत्सव श्रेष्ठ रहेका छन् ।
सामाजिक सञ्जाल वाट्सएप, इमो, बोटिम, भाइबरको दुरुपयोग गरी पीडितहरूलाई आफू कम्बोडियास्थित क्यासिनोमा काम गर्ने व्यक्ति हो, अमेरिकाबाट सञ्चालन भएको त्यहाँबाट आफूले लटरीमार्फत पठाएको ६ लाख २७ हजार ६ सय ११ युरो डलर परेको छ भन्दै उनले ठगेको पाइएको छ ।
प्रहरीका अनुसार उक्त रकम पाउनका लागि विभिन्न भ्रमपूर्ण म्यासेज पठाई पीडितहरूलाई विश्वासमा पारी नेपालमा रहेका विभिन्न ब्यक्तिहरुको बैंक खातामा रकम जम्मा गर्न लगाई नगद २८ लाख ७९ हजार रुपैयाँ रकम गरेको पाइएको छ । यस सम्बन्ध थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।