काठमाडौं । सरकारले नीति तथा कार्यक्रम बैठकबाट पारित गरेको छ । भर्खरै बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको बैठकमा सहभागी एक मन्त्रीले जनाकारी दिए ।
दिउसो चार बजे राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेस गर्ने छिन् । जेठ १० गते नीति तथा कार्यक्रम पेस गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।
आज प्रस्तुत हुने नीति तथा कार्यक्रमहरू नयाँ उद्योग स्थापना र आत्मनिर्भर अर्थतन्त्रमा केन्द्रित रहेको बताइएको छ ।