कांग्रेसलाई भोट नहालेको भन्दै कुटपिट गर्ने दुई जना पक्राउ

सल्यान । स्थानीय निर्वाचनमा माओवादीलाई भोट हालेको भन्दै कुटपिट गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। भर्खर सम्पन्न स्थानीय चुनावमा नेपाली कांग्रेसलाई भोट नहाली माओवादीलाई हालेको भन्दै छिमेकीले दार्मा गाउँपालिका २ सिलिङ्गेका तिलक वलीलाई कुटपिट गरेका थिए।

कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले दार्मा गाउँपालिका २ का २५ वर्षीय चोपलाल वली र २१ वर्षीय सुरेन्द्र रोकायलाई प्रक्राउ गरेको छ। कुटपिटमा संलग्न निश्चल वली र चीनबहादुर रोकाय भने अझै फरार रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिए। फरार दुवै अभियुक्तको खोजी भइरहेको र पक्राउ परेका दुईजनालाई हिरासतमा राखी अनुसन्धान अघि बढाइएको उनको भनाइ छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार