स्थानीय तह निर्वाचनअन्तर्गत हालसम्म ७३८ पालिकाको नतिजा सार्वजनिक भएको छ । जसअन्तर्गत नेपाली कांग्रेसले ३२२ पालिका जितेको छ भने नेकपा एमालेले २०२ पालिका जितेको छ ।
यसैगरी, नेकपा माओवादी केन्द्रले १२० पालिका जित्दा नेकपा एकीकृत समाजवादीले ११, जनता समाजवादी पार्टीले २१ र अन्य पार्टीले ६२ पालिका जितेका छन् ।
मंगलबार बिहान ११ बजेसम्म निर्वाचन आयोगको केन्द्रीकृत डाटामा समाविष्ट तथ्याङ्कअनुसार नेपाली काँग्रेसले १३४ पालिकामा प्रमुख पद जितेको छ ।
यस्तै, नेकपा एमालेले ७९ पालिकामा र माओवादीले २४ पालिकामा प्रमुख पद जितेको छ । त्यसैगरि नेकपा एकीकृत समाजवादीले ११ पालिकामा प्रमुख पद जितेको छ भने अन्य पार्टीले ३० पालिकामा प्रमुख पद जितेका छन् ।
४६० गाउँपालिकातर्फ सबै पालिका अध्यक्षको टुङ्गो लागेको छ जसअन्तर्गत कांग्रेसले १८८ पालिकामा अध्यक्ष पद जितेको छ । एमालेले १२३ पालिकामा अध्यक्ष पद जितेको छ । माओवादीले ९६ पालिकामा अध्यक्ष पद जितेको छ ।
जनता समाजवादी पार्टीले २१ पालिकामा अध्यक्ष पद जितेको छ । यस्तै, अन्य पार्टीले ३२ पालिकामा अध्यक्ष पद जितेका छन् । यस्तै, काँगेसले १०५ पालिकामा र एमालेले १०६ पालिकामा उपप्रमुख पद जितेको छ । माओवादीले ३३ पालिकामा उपप्रमुख पद जितेको छ ।
जनता समाजवादीले ११ पालिकामा उपप्रमुख पद जितेको छ भने अन्यले २३ पालिकामा उपप्रमुख पद जितेका छन् ।
यस्तै, काँग्रेसले १९० पालिकामा उपाध्यक्ष पद जितेको छ । एमालेले १२६ पालिकामा उपाध्यक्ष पद जितेको छ । माओवादीले ९५ पालिकामा उपाध्यक्ष पद जितेको छ भने जनता समाजवादी पार्टीले १९ पालिकामा उपाध्यक्ष पद जितेको छ ।
अन्यले ३० पालिकामा उपाध्यक्ष पद जितेका छन् ।