ट्याक्टरबाट खसेर एक किशोरको मृत्यु

सिराहाको गोलबजार नगरपालिका–६ लभटोलीमा ट्याक्टरबाट खसेर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १६ वर्षीय रामरिजन सदाय रहेका छन् ।

सोमबार साँझ ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा गोलबजार स्थित लौङ लाईफ अस्पतालमा मृत्यु भएको हो ।

प्रदेश २–०१–००१ त ०६७५ नम्बरको ट्याक्टर सहित चालकलाई ईलाका प्रहरी कार्यालय गोलबजारले नियन्त्रणमा लिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार