जसपा नेता ठाकुर र महतो दौडधुप तीव्र, काँग्रेस सभापतिसँगको भेटपछि बालुवाटार

प्रधानमन्त्रीलाई भने विश्वासको मत दिन सकिएन

जनता समाजवादीका अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतो कांग्रेस सभापति शेरबहादुर देउवासँगको छलफलपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । केहीबेरअघि उनीहरु ओलीलाई भेटेर बालुवाटारबाट निस्किएको स्रोतले बताएको छ । आइतबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवासँग लामो छलफल गरेपछि ठाकुर र महतो प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका हुन् ।

ओली नेतृत्वको सरकार ढालेर कांग्रेस नेतृत्वमा नयाँ सरकार बनाउने गृहकार्यमा माओवादी, जसपाको बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष छ । त्यसकै लागि देउवाले ठाकुर र महतोालाई बोलाएर ओलीलाई विश्वासको मत नदिन र आफ्नो नेतृत्वमा बन्ने सरकारलाई समर्थन गर्न आग्रह गरेका थिए ।

बुढानिलकण्ठमा काँग्रेस सभापतिलाई भेटेर बालुवाटार पुगेका उनिहरुले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन नसक्ने बताएका छन । वरिष्ठ नेता राजेन्द्र महतोसहित बालुवाटार पुगेका ठाकुरले जसपाका मागहरू पूरा भइनसकेकोले विश्वासको मत दिन नसक्ने बताएका हुन् ।

‘हाम्रा मागहरू अझै पूरा भएका छैनन् । माग पूरा नभएको अवस्थामा हामीले तपाईलाई विश्वासको मत दिन सक्दैनौं’, ठाकुरलाई उद्धृत गर्दै स्रोतले भन्यो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बस्ने प्रतिनिधिसभा बैठकबाट विश्वासको मत लिँदैछन् ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार