आफुलाई प्रधानमन्त्री बनाउन ठाकुर र महतोसँग काँग्रेस सभापति देउवाको आग्रह

ओलीलाई ढलाएर आफु प्रधानमन्त्री बन्न चाहेको सुनाए

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले नयाँ राजनीतिक समिकरणका विषयमा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा निवासमा पुगेर छलफल गरेका छन ।

आइतबार बिहान बूढानीलकण्ठस्थित निवासमै पुगेर ठाकुर र महतोले बदलिदो परिस्थितीमा काँग्रेससँगै मिलेर जाने चाहाना राखेको देउवा निकाट स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार देउवाले ठाकुर र महतोलाई केपी शर्मा ओलीको सरकार ढालेर आफ्नो नेतृत्वमा बन्ने सरकारलाई समर्थन गर्न आग्रह गरेका छन् । तर ठाकुर र महतोले पार्टीभित्र छलफल गरेर निर्णय दिने बताएको बुझिएको छ । पछिल्ला दिन नयाँ सत्ता समीकरणमा एमालेको माधवकुमार नेपाल पक्ष निर्णायक बनेको छ । नेपाल पक्षका सांसदले राजीनामा दिने निर्णय गरे भने ओली नेतृत्वको सरकार ढल्न सक्ने सम्भावना रहन्छ । ओलीलाई विश्वासको मत नदिएर उनको सरकार ढालेपछि कांग्रेसको नेतृत्वमा सरकार बनाउने र त्यसलाई माओवादी केन्द्र साथै जसपाले समर्थन गर्ने गरी विपक्षी गठबन्धनले तयारी गरेको छ ।

 

तर, जसपामा ठाकुर र महतो अझै ओली नेतृत्वको सरकारकै पक्षमा छन् भने बाबुराम भट्टराई र उपेन्द्र यादव नयाँ गठबन्धनको पक्षमा छन् । आफ्नो नेतृत्वमा सरकार बनाउन सिंगो जसपाको समर्थन देउवाले चाहेका छन् ।

त्यसकै लागि ‘कन्भिन्स’ गर्न देउवाले ठाकुर र महतोलाई बोलाएर छलफल गरेको जसपाका एक नेताले जानकारी दिए । ‘पहिला तालाचाबी जसपाको हातमा थियो । आफ्नो हातमा हुँदा लक गरिराख्यो । तर यसपटकको गेम चेन्जर वास्तवमा माधव नेपाल पक्ष हो,’ जसपाको भट्टराई–यादव पक्षका एक नेताले भने, ‘तैपनि उहाँहरू पहिलाका दोस्ती । त्यसले गर्दा शेरबहादुरजीले ठाकुरजीलाई कन्भिन्स गर्नुहुन्छ होला ।’

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने निर्णय गरेसँगै सोमबार प्रतिनिधिसभाको बैठक बस्दै छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार