नवलपुरको कावासोतीमा सेन्चुरी बैंकको नयाँ शाखा

सेन्चुरी बैंकले जेठ ९ गतेदेखि नवलपुरको कावासोतीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकका सञ्चालक समिति सदस्य मनबहादुर राई र कावासोती नगरपालिकाका मेयर विष्णुप्रसाद भुसालले उक्त शाखाको संयुक्त समुद्घाटन गरेसँगै सेवा शुभारम्भ भएको छ ।

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने, प्रमुख जोखिम अधिकृत, दिपेश प्रधानलगायत बैंकका कर्मचारी, कावासोती च्याम्बरका अध्यक्ष डाँसुराज पोखरेल तथा स्थानीयवासीको उपस्थिति रहेको थियो ।

बैंकले चालू आर्थिक वर्षको  चैत्र मसान्तसम्ममा ९२ अर्ब ९६ करोड रुपैयाँ निक्षेप संकलन र  ८९ अर्ब ६५ करोड कर्जा प्रदान गरी १ अर्ब १ करोड ५६ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

उक्त मुनाफा गत वर्षको सोही अवधिको तुलनामा १८३.५९ प्रतिशतले बढी हो ।

बैंकले १३७ शाखा, १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ र ११३ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार