यू– १९ महिला क्रिकेट टिमको कप्तानमा कृतिका नियुक्त

यू– १९ महिला क्रिकेट टिमको कप्तान कृतिका मरासिनी नियुक्त भएकी छिन् । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार कृतिकालाई कप्तान नियुक्त गरिएको जनाएको छ ।

आईसीसी यू–१९ महिला विश्वकप छनोट अघि क्यानले कृतिकालाई कप्तान चयन गरेको हो ।मलेसियामा आयोजना हुने छनोटमा नेपाल, मलेसिया, युएई, थाइल्याण्ड, चीन, भुटान, म्यानमार र कतार रहेका छन् ।

छनोट आगामी जुन ४ बाट सुरु हुनेछ । नेपालले छनोटका लागि १८ सदस्सीय टोलीको घोषणा गरिसकेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार