नविल बैंकको सिईओमा ज्ञानेन्द्र ढुंगाना नियुक्त

नविल बैंकको सीईओमा ज्ञानेन्द्र ढुंगाना नियुक्त भएका छन् । ढुंगनालाई सिईओ नियुक्त गर्ने सञ्चालक समितिको प्रस्ताव शनिबार सम्पन्न बैंकको विशेष साधारणसभाले अनुमोदन गरेको छ ।

हालका सिईओ अनिल शाहको कार्यकाल आउँदो असार पहिलो हप्ता सकिने भएकाले १७ गतेबाट लागू हुने गरी आगामी ४ वर्षका लागि ढुंगानालाई सिईओको रुपमा नियुक्त गर्ने निर्णय भएको हो ।

उनले नेपाल बंगलादेश (एनबी) बैंकलाई प्राप्ती गर्न लागेको नविलले मर्जर प्रक्रियामा महत्वपूर्ण भूमिका खेलेका थिए । ढुंगानाले कार्यभार सम्हालेलगत्तै नविल र एनबीको एकीकृत कारोबार असार मसान्तभित्रै गर्ने तयारी भईरहेको बुझिएको छ ।

ढुंगाना गत पुस अन्तिम साता नेपाल बैंकको सीईओबाट अवकाश भएका हुन् ।  नेपालको अग्रणी बैंक बनेको नबिलमा सीईओ नियुक्त ढुंगाना नेपालका अनुभवी बैंकर मानिन्छन्। उनले तीन दशक यस क्षेत्रमा बिताइसकेका छन्।  नेपाल राष्ट्र बैंकको निर्देशकबाट राजीनामा दिएपछि उनले निजी क्षेत्रका बैंकहरुबाट नयाँ इन्निङ सुरु गरेका थिए।

राष्ट्र बैंक छाडेपछि उनी नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको महाप्रबन्धकमा नियुक्त भएका थिए। त्यहाँ एक वर्ष ‘सेकेन्ड म्यान’ को जिम्मेवारी सम्हालेपछि नेपाल बंगलादेश (एनबी) बैंकमा प्रमुख कार्यकारी अधिकृत बनेर भित्रिएका थिए।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार