चितवनमा जिसस प्रमुख र उपप्रमुखका लागि गोला प्रथा हुने

चितवनमा जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुखको लागि गोला प्रथा हुने भएको छ । पाँच दलीय गठबन्धन र नेकपा एमालेसँग बराबर मतदाता हुने भएपछि जिससको लागि गोलाप्रथा हुने भएको हो ।

पाँच दलीय गठबन्धनले तीन पालिका प्रमुख र दुई उपप्रमुख जितिसकेको छ । भरतपुर महानगरको प्रमुख र उपप्रमुख पनि जित्ने पक्का भइसकेको छ । अहिले भरतपुर महानगरपालिकाको मतगणना भइरहेको छ ।

जिसस प्रमुख र उपप्रमुखको निर्वाचनमा पालिका प्रमुख–अध्यक्ष र उपप्रमुख–उपाध्यक्षले मतदान गर्न पाउँछन् । चितवनमा जिससको निर्वाचनमा सात पालिकाका १४ जना मतदाताले मतदान गर्ने छन् । जिससको निर्वाचन जित्न कम्तिमा आठ मत ल्याउनुपर्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार