अन्तरघात नभएको भए चार सय पालिका जित्थ्यौँ : कांग्रेस

नेपाली कांग्रेसले पार्टीभित्र अन्तरघात नभएको भए चार सय पालिका प्रमुख जित्ने जनाएको छ। चुनावी समीक्षाका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डा।प्रकाशशरण महतले पार्टीभित्र अन्तरघातको समस्या अहिले पनि हट्न नसकेको बताए।

‘अहिले पनि हाम्रो पार्टीमा अन्तरघातको समस्या समाधान भएको छैन’ उनले भने, ‘यदि अन्तरघात नभइदिएको भए हामीले यतिमात्र होइन झण्डै चार सय स्थानमा जित्थ्यौँ भन्ने हाम्रो अनुमान छ।’

उनले यस विषयमा सम्पूर्ण सूचना आइसकेपछि पार्टी केन्द्रीय समितिले समीक्षा गर्ने बताए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार