मनोज पाण्डेलाई ५ दिन थुनामा राख्न अदालतको अनुमति

जिल्ला अदालत काठमाडौंले मानव बेचबिखन कसुरमा मनोज पाण्डेलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

सुन्दरी प्रतियोगिताका आयोजक तथा कन्सल्टेन्सी सन्चालकसमेत रहेका पाण्डेले ८ वर्षअघि बलात्कार गरेको भन्दै एक युवतीले सामाजिक सन्जालमार्फत घटना विवरण सार्वजनिक गरेकी थिइन् ।त्यसपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

बलात्कारको आरोप लागेका पाण्डेविरुद्ध हदम्याद गुज्रिएका कारण प्रहरीले मानव बेचबिखन कसुरमा अनुसन्धानका लागि म्याद लिएको हो ।

बलात्कार आरोपी मनोज पाण्डेलाई जिल्ला अदालत लगियो

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार