बुटवलका मेयरले गरे पदभार ग्रहण

बुटवल । बुटवल उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख खेलराज पाण्डेयले पदभार ग्रहण गरेका छन् । पाण्डेयले बुटवलमा मुख्य समस्याका रुपमा रहेको सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई बसोबासको आधारमा अस्थायी प्रमाणपत्र बाँड्ने टिप्पणी सदर गरेर काम सुरु गरेका छन् ।

‘अल्पकालीन रुपमा सुकुम्बासीको तथ्यांक संकलन गरेर बसोबासका आधारमा थोरै शुल्क लिएर प्रमाणपत्र दिई वार्डबाटै नामसारीको काम शुरु गर्नेछौं’, पदभार ग्रहणपछि पाण्डेयले भने, ‘दीर्घकालीनरुपमा जग्गाधनी प्रमाणपत्र वितरणको लागि राष्ट्रिय भूमि आयोगसंग सहकार्य गर्नेछौं ।’ बुटवलमा करिब २० हजार सुकुम्बासी रहेको उपमहानगरको तथ्यांक छ ।

पाण्डेयले जनताले आफूलाई दिएको विश्वास पाँच वर्षसम्म कायम राख्ने प्रतिवद्धता जनाए । २०७४ को निर्वाचनमा एमालेका शिवराज सुवेदीसँग पराजित भएका पाण्डेय यसपटक एमालेका बाबुराम भट्टराईलाई सात हजार ५३३ मतान्तरले पराजित गरेर निर्वाचित भएका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार