काठमाडौँ । संसद्को महिला तथा सामाजिक समितिको बैठकमा सांसदहरूले सुन्दरी प्रतियोगिता रोक्न माग गरेका छन् । सोमबार बसेको समितिको बैठकमा माओवादी केन्द्रकी सांसद अमृता थापाले सुन्दरी प्रतियोगिता रोक्न माग गरिन् ।
महिला हिंसा र बलात्कारजन्य अपराधमा हदम्यादसम्बन्धी समेत छलफल भएको बैठकमा उनले सरकारलाई प्रश्न गरिन्— ‘सुन्दरी प्रतियोगिता आयोजना नगरेबापत् राज्यलाई कति घाटा पर्छ ?’
उनले भनिन्, ‘विगतमा पनि सुन्दरी प्रतियोगिताको विषयमा गम्भीर भएर राज्यले सोच्नुपर्ने भनी आवाज उठाएका हौँ । सुन्दरी प्रतियोगिता राज्यको हितका लागि छैन भने यसलाई रोक्न सक्नुपर्छ ।’