संवैधानिक परिषद बैठक सुरु, प्रधानन्यायाधीश पनि उपस्थित

प्रधानमन्त्रीनिवास बालुवाटारमा संवैधानिक परिषद्को बैठक सुरु भएको छ । परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा सदस्यहरु प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिम्सिना सहभागी छन् ।

बैठकमा संवैधानिक निकायहरुमा रिक्त पदाधिकारी नियुक्तिको छलफल भइरहेको छ । परिषद बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा सहभागी छैनन् ।

सरकारले हालै जारी गरेको संवैधानिक परिषदको बैठकसम्बन्धी अध्यादेशमा ‘अध्यक्षसहित तत्काल बहाल रहेका बहुमत सदस्य उपस्थित भएमा बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ’ भनिएको छ । परिषदमा हाल बहाल रहेका सदस्यहरुको संख्या ४ रहेकोमा दुईजनाको मात्र उपस्थितिमा निर्णय हुन लागेको हो ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार