उदयपुरमा चट्याङ लागेर महिलाको मृत्यु

उदयपुर जिल्लाको कटारी नगरपालिका–११ गोठडाँडामा आइतबार दिउँसो वर्षासँगै परेको चट्याङबाट एक महिलाको मृत्यु भएको छ । कटारी इलाका प्रहरी कार्यलयका अनुसार चट्याङ लागेर गोठडाँडा बस्ने वर्ष ४५ को भक्तकुमारी बुढाथोकी मृत्यु भएको हो । आइतबार दिउँसो हावाहुरी र वर्षासहित चट्याङ खस्दा घरको दलानमा बसिरहेकी थिइन ।

बुढाथोकी सख्त घाइते भएकी थिइन । उनलाई उपचारका लागि तत्काल कटारी अस्पताल लगेर उपचार गर्ने क्रममा बेलुकी साँझ मृत्यु भएको प्रमुख प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार