माओवादीले जित्यो १ सय २० पालिका प्रमुख

नेकपा माओवादी केन्द्रले हालसम्म १२० वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ ।   मतगणना सम्पन्न भएको ७२९ पालिकामध्ये माओवादीका उम्मेदवारले उक्त संख्यामा पालिकाको प्रमुख तथा अध्यक्षमा जित निकालेका हुन् ।

निर्वाचन आयोगका अनुसार अब २४ वटा पालिकाको अन्तिम मत परिणाम आउन बाँकी रहेको छ । मतगणना जारी रहेका पालिकामध्ये २ वटामा माओवादीका उम्मेदवारको अग्रता रहेको छ ।

आयोगले गत वैशाख ३० गते एकसाथ देशका सबै ७५३ वटै स्थानीय तहमा निर्वाचन गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार