बढी मत भेटिएपछि बिजयपुरमा तनाव, मतगणना अवरुद्ध

मतदान भएको भन्दा बढी मत मतपेटिकामा भेटिएपछि रौतहटको फतुवा बिजयपुर नगरपालिकामा मतगणना अवरुद्ध भएको छ । फतुवा विजयपुर ३ मेवा अन्तर्गत आधारभूत विद्यालयको मतपेटिकामा ४७ थान मतपत्र बढी भेटिएपछि आइतबार रातिबाट मतगणना अवरुद्ध भएको हो ।

मतदानपछि मुचुल्कासहित सिल गरेको मतपेटिकामा‌ १५७६ मतपत्र हुनुपर्नेमा गन्दा ४७ मत बढि भेटिएपछि नेकपा एमाले, माओवादी केन्द्र र समाजवादीका मेयरका उमेदवारहरूले मतगणना अवरुद्ध गरेका हुन् । मतगणना अवरुद्ध हुँदा तनावको अवस्था देखिएको छ ।

एमाले मेयरका उम्मेदवार बिजय यादव र समाजवादीका उमेदवार अरविन्द यादवले पुन निर्वाचन गर्नुपर्ने बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार