७ सय २७ वटा पालिकाको मतपरिणाम सार्वजनिक, काँग्रेस सबैभन्दा अगाडि

स्थानीय तह निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ। पछिल्लो मतपरिणाम अनुसार परिणाम ७ सय २७ वटा पालिकाको सार्वजनिक भएको छ।

जसअनुसार नेपाली कांग्रेसले सबैभन्दा बढी जित हासिल गरेको छ। यसैगरी नेकपा एमाले दोस्रोमा छ। नेकपा माओवादी केन्द्र तेस्रोमा छ।

कांग्रेसले हालसम्म १३२ मेयर र १८८ अध्यक्षसहित ३२० वटा पालिकाको प्रमुख पद जितेको छ। यस्तै १०४ पालिकामा उपमेयर र १८९ पालिका उपाध्यक्षसहित कुल २ सय ९३ वटा पालिकाको उपमेयर तथा उपाध्यक्ष पद जितेको छ।

यस्तै नेकपा एमालेले हालसम्म १ सय ९८ वटा पालिकाको प्रमुख जितेको छ भने २ सय २६ वटा पालिकाको उप–प्रमुख पदमा जितको छ ।

त्यस्तै नेकपा माओवादी केन्द्र १ सय २० वटा पालिकाको प्रमुखमा विजयी भएको छ भने १ सय २८ वटा पालिकाको उपप्रमुख पद जितेको छ।

जनता समाजवादी पार्टीले २९ वटा पालिकाको प्रमुख र ३० वटा पालिकाको उपप्रमुख पद जितेको छ। नेकपा एकीकृत समाजवादीले १७ वटा पालिकाको प्रमुख र २१ वटा पालिकामा उपप्रमुख पद जितेको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार