महन्थ र राजेन्द्र देउवा भेट्न बूढानीलकण्ठमा

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर काँग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न गएका छन् । आफू पक्षका अर्का नेता राजेन्द्र महतोसहित ठाकुर देउवा निवास बुढानिलकण्ठ पुगेका हुन् । उनी अविश्वासको प्रस्तावको तयारीका बारेमा बुझ्न गएको स्रोतले बतायो ।

प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले भोलि सदनमा लिने विश्वासको मतका समर्थन जुटाउन ठाकुर महतो समेतलाई लिएर बूढानीलकण्ठ पुगेको जसपा पार्टीका एक नेताले बताए । तर जसपा नेपालमै भने प्रधानमन्त्री ओलीको विश्वासको मतको बारेमा पार्टीमा दुईटा धार छ । अध्यक्ष ठाकुर प्रधानमन्त्री ओलीको विश्वास मतको पक्षमा रहेका छन् भने उपेन्द्र बाबुराम पक्ष देउवासँगको गठबन्धनमै छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार