चट्याङ लागेर बागलुङमा एकको मृत्यु, तीन जना गम्भीर

बागलुङको ढोरपाटनमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा ढोरपाटन नगरपालिका ७ गाल्ढुङका १९ वर्षीय बालचन्द्र विक रहेको प्रहरीले जनाएको छ । घटनामा अन्य तीन जना गम्भीर घाइते भएका छन् ।

चट्याङ लागेर गम्भीर घाइते विकको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको अस्पतालले घोषणा गरेको थियो । चट्याङ लाग्दा ढोरपाटन नगरपालिका वडा नम्बर ७ काघाइते हुनेमा १६ वर्षीय बिट्टु विक, १६ वर्षीया लक्ष्मी विक र ७२ वर्षीय पुण्यराम कामी रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले बताए । घाइते सबैको मुखबाट रगत बगेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरुलाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि पाल्पास्थित मिसन अस्पतालमा रेफर गरिएको अस्पतालले जनाएको छ । आइतबार दिउँसो तीन बजे स्थानीय काली प्रसाद विक र पुणराम कामीको घरमा चट्याङ परेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार