ओखलढुंगामा एक किशोरी अचेत अवस्थामा भेटिएकी छिन् । मानेभन्ज्याङ गाउँपालिका ५ घर भएकी १७ वर्षकी किशोरी अचेत अवस्थामा भेटिएकी हुन् । घरदेखि २ किलोमिटर पर जंगल नजिकै बेहोस अवस्थामा उनलाई अचेत अवस्थामा भेटिएको हो । उनको टाउकोमा चोट लागेको र शरीर रक्ताम्य अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
बाबुआमासँगै सुतेकी उनी बिहान उठ्दा घरमा भेटिएकी थिइनन् । खोज्दै जाँदा उनलाई घरदेखि केही पर जंगलमा अचेत अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ ।
घाइते किशोरीलाई हेलिकप्टरमार्फत काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको छ । अहिले किशोरी सामान्य बोल्न सक्ने अवस्था रहेको र उनकै बयानका आधारमा एकजनालाई पक्राउ गरिएको छ ।