नीति तथा कार्यक्रमबारे गठबन्धनका शीर्ष नेताबीच छलफल

सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच सरकारको नीति तथा कार्यक्रमको बारेमा छलफल भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकमा नीति तथा कार्यक्रमका विषयमा छलफल भएको हो ।

त्यसक्रममा सत्ता घटक दलका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकारको नीति तथा कार्यक्रममा छुटाउन नुहने विषयहरु समेट्न सुझाव दिएको काँग्रेस नेता पूर्णबहादुर खड्काले जानकारी दिए । उनले जेठ १० गते संसदमा पेश हुने सरकारको नीति तथा कार्यक्रममाथि सामान्य छलफल र सुझाव दिएको बताए । ‘सरकारको नीति तथा कार्यक्रमका विषयमा नेताहरुले सुझाव दिनुभयो, अरु विषयमा कुनै छलफल भएन’,खड्काको भनाइ छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार