सरकारलाई शेखर गोल्छाको सुझाव – इन्धनको कर घटाउ, विद्युतीय उपकरणको प्रयोग बढाउ

नेपाल उद्योग बाणिज्य महासंघका अधयक्ष शेखर गोल्छाले उच्च दरमा लाग्दै आएको इन्धनको कर घटाउनु पर्ने सुझाएका छन् । महासंघले आयोजना गरेको विद्यमान विश्वव्यापी खाद्य तथा इन्धन समस्याको प्रभाव एवं समाधानका उपाय नामक अन्तरक्रिया कार्यक्रममा गोल्छाले मूल्यवृद्धि नियन्त्रणमा राख्न इन्धनमा करको दर घटाउनुपर्ने बताएका हुन् ।

उनले विद्युतिय उपकरणको प्रयोग बढाउनुपर्ने, निर्माणाधिन जलविद्युत आयोजना समयमै सम्पन्न गर्नु पर्ने, विद्युतीय सवारी साधनको व्यवस्था गर्नु पर्ने, विद्युतीय रेल चलाउनेपर्नेलगायतका धारणा राखेका थिए ।

पछिल्लो समयमा कोरोना महामारी, अमेरिकी डलरको तुलनामा स्वदेशी मु्रदामा आएको अवमूल्यन तथा युक्रेन र रुसको द्धन्द्धका कारण मूल्य वृद्धि, खाद्यन्न तथा उर्जा, बैदेशिक ब्यापार र विदेशी मुद्रा सञ्चितिमा दवाव पर्न थालेको गोल्छाले बताए । “इन्धनको व्यवस्थापनका लागि विद्युत खपत बढाउने तथा विद्युतीय सवारी साधनको प्रयोग बढाउने नीति अबलम्बन हुनु पर्छ,” उनले भने,“आयात भएर पनि रोकिएका ठुला विद्युतीय सवारी साधानलाई सञ्चालनमा ल्याउनु पर्छ , त्यसका साथै विद्युतीय रेट तथा सवारी साधानको प्रयोग बढाउने नीति लिनु अपरिहार्य भएको छ ।”

रुस तथा युक्रेनको द्धन्द्धका कारण विश्वव्यापी रुपमा इन्धनको मुल्य बढेको गोल्छाले बताए । सान २०२० को मे मा ९६ रुपैयाँ प्रति लिटर रहेको पेट्रोलको मूल्य हाल १७० रुपैयाँ पुगेको छ । पछिल्लो समयमा डिजेलको मूल्य ८५ र पेट्रलको मूूल्य ७७ प्रतिशतले बढेको बताउँदै गोल्छाले भने,“गत आर्थिक वर्षको चैतसम्ममा एक खर्ब २० अर्बको इन्धन आयात भएको थियो । तर, चालु आवको सोही अवधिमा ८२ प्रतिशतले बढेर २ अर्ब १८ अर्ब पुगेको छ ।”

गोल्छाले कृषिको व्यावसायीकरणका लागि जग्गा हदबन्दी हट्नुपर्ने, आयकरको दर ५ प्रतिशतमा झार्नुपर्ने, मौद्रिक नीतिमार्फत बढ्दो मूल्यवृद्धिलाई कम गर्ने रणनीति लिनुपर्ने र ब्याजदर थप बढाउनु नहुने पनि बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार