भ्युटावरको टुप्पामा धान फल्दैन, पैसा मात्रै फल्छ : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सरकारको पालामा बनाइएका भ्यु टावरहरु इतिहास भएको बताएका छन् । उनले ‘इफेल टावर र वासिङटन टावर’ बनाउनेहरु बुद्धि नभएकै हुन् त भनेर आलोचकहरुलाई प्रश्न समेत गरे ।

कवि मीना श्रेष्ठको कविताकृति ‘फर्गेट स्टर्डे’ विमोचन समारोहलाई आइतबार सम्बोधन गर्दै अध्यक्ष ओलीले भ्यु टावरको विरोध गर्नेहरुले इतिहास बिर्सेको टिप्पणी गरे ।

‘एउटा पार्टीले आफ्नो घोषणापत्रमै भन्यो– भ्युटावर बनाउँदिन, भ्युटावर बनाउने काम छैन’, ओलीले साहित्यिक कार्यक्रममा भने, ‘इफेल भन्ने इन्जिनियर जसले इफेल टावर बनाए । बुद्धि नभएका रहेछन् कि क्या हो ?’

उनले इफेल टावर फ्रान्सको प्रतिक भएको भन्दै जसले फ्रान्सलाई अरबौको आम्दानी दिएको बताए । ‘त्यो भ्युटावर भन्दा अरु केही होइन, टुप्पामा धान फल्दैन । कोदो पनि फल्दैन, अलिक तल मकै फल्दैन । आँप लिची पनि फल्दैन, पैसा मात्रै फल्छ भ्यु टावरमा’, ओलीको भनाइ छ ।

तर हामी सोझो आम्दानीको कारोबार मात्रै गर्छौ भने ‘फर्गेट स्टर्डे’जस्ता कुरा पटक–पटक आउँछन् किनभने हाम्रो नगदा नगदी विजनेस बाहेक अरु कुरै हुँदैन’, ओलीको भनाइ छ । उनले भ्यु टावरहरु बनाएकोमा संवेदनशील र गर्वनुभूति हुनुपर्नेमा त्यसो हुन नसकेको बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार