आयातमा गरिएको कडाईको असर देखिन थाल्यो, उपभोग बढ्दा महंगी बढ्यो : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गभर्नर अधिकारीले आयातमा गरिएको कडाईको असर देखिन थालेको बताएका छन्  । आर्थिक स्थायीत्वका लागि पहल स्वरुप नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै  अधिकारीले आयातमा खाद्यान्न र इन्धनको हिस्सा ५० प्रतिशत भन्दा बढी भएको भन्दै आयातमा गरिएको कडाईको असर देखिन थालेको बताएका हुन् ।

चालु वर्ष चैतको भन्दा वैशाखमा आयात घटेर २१ अर्बले घटेर १ सय ३७ अर्बमा आएको छ। जसको लागि राष्ट्र बैंकले मौखिक रुपमा प्रतितपत्र (एलसी) नखोल्न निर्देशन दिएको थियो ।  यस्तैआयातमा धेरै रकम जाँदा तरलताको संकट चर्केको गभर्नर अधिकारीको भनाई छ।  ‘पछिल्ला समय लिएका नीतिले काम गरिरहेको छ। अरु देशको जस्तो समस्या भैहाल्ने अवस्था छैन। तर यो भन्दैमा सबै एकैपटक राम्रो हुन्छ भन्ने पनि हैन। बिग्रेको केही पनि छैन। सजक हुनु जरुरी छ’ उनले भने।

त्यस्तै गभर्नर अधिकारीले विश्वमा सबैले यो महँगी झेल्नु परेको र देश आयातमा आधारित भएकाले महँगी बढेको बताएका छन् ।  उनले भने ‘एक वर्षमा हुने आयात ६ महिनामै गरिसकेका छौं। इन्धनमा हेर्ने हो भने अघिल्लो वर्ष आयात भएको इन्धन त ९ महिनामै आयात गरिसकेको अवस्था छ। अनावश्यक वस्तुको खपत बढेको छ। हामीले गरेको निर्देशन तथा नीतिको असार देखिन थालेको छ।’

उपभोग अत्यधिक बढ्दा मुद्रास्फीति पनि ह्वात्तै बढेको बताए । नेपालमा मात्रै भने यस्तो नभएको उनको भनाइ छ ।  विश्वभर नै यो समस्या रहेको र मुद्रास्फीति धेरै बढेको गभर्नर अधिकारीले बताए । बढ्दो आयातका कारण पनि अर्थतन्त्र समस्या परेको उनको भनाइ छ ।

जुन वस्तु हामीले एक वर्षमा आयात गर्थ्यौँ अहिले १० महिनामा नै त्यति आयात भइरहेको छ, उनले भने जतिसुकै परोस् हामी सामान किन्छौँ, यो स्वभावले समस्या भयो ।

अधिकारीले उपभोग घटोस् भनेर ब्याजदर बढाउने नीति लिएको बताएका छन् ।‘नेपालमा मूल्य बढ्दा समेत उपभोग घट्न सकेको छैन्, ’ गभर्नर अधिकारीले भने, ‘जतिसुकै मूल्य परेपनि हाम्रा उपभोक्ता किन्न तयार भएका छौँ । जसले गर्दा ब्याजदर बढ्दा समेत उपभोग घट्न सकेको छैन् ।’

 

 

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार