नेपाल र अफगानिस्तानबीचको मैतीपूर्ण खेल नहुने भएको छ । एएफसी एसियन कप २०२३ अन्तर्गत तेस्रो चरणको तयारी गरिरहेको नेपालले अफगानिस्तानसँग खेल्ने तयारी गरेको थियो ।
अफगानिस्तान छनोटको तयारीका लागि सिधैं भियतनाम जाने भएपछि मैत्रीपूर्ण खेल नहुने भएको हो। अफगानिस्तानले आधिकारीक फेसबुकमार्फत भियतनाम जाने जानकारी दिएको हो।
नेपाल र अफगानिस्तानबीचको खेल कतारमा आगामी जेठ ११ र जेठ १५ मा हुने तय थियो। अखिल नेपाल फुटबल संघ स्रोतले पनि मैत्रीपूर्ण खेल नहुने बताएको छ। नेपाली टिमको अहिलेसम्म कतार जाने दिनको पक्का समेत भएको छैन।