धनकुटाबाट बिदाको दिन चलेका ३५ वटा सरकारी सवारीसाधन नियन्त्रणमा

सार्वजनिक बिदाको दिन चलाउँदै गरेको अवस्थामा धनकुटाबाट प्रहरीले ३५ वटा सरकारी सवारीसाधनलाई नियन्त्रणमा लिएको छ। भेडेटार बजार, हिले बजार, सिधुवा बजार र धनकुटा बजारबाट ती सरकारी सवारीसाधन नियन्त्रणमा लिइएको हो।

सार्वजनिक बिदाको दिन सरकारी सवारीसाधन चलाउन नपाउने प्रावधान भएकाले चेकिङमा कडाइ गरेर सरकारी सवारीसाधनहरू नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । बिदाको दिन सरकारी गाडी चलाउन पाइँदैन।

हिलेबाट १७, भेडेटारबाट १६ तथा सिधुवा र धनकुटा बजारबाट एक–एकवटा सरकारी सवारीसाधन नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार