शुक्लाफाँटा नगरको मेयरमा एमालेका महरा निर्वाचित

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको मेयरमा एमालेका नेता रणबहादुर महरा निर्वाचित भएका छन्। आइतबार सार्वजनिक नगरको मत परिमाणअनुसार मेयरमा महरा निर्वाचित भएका हुन्।

महराले कांग्रेसका चिन्तामणि भट्टलाई पाँच सय नौ मतको अन्तरले हराउँदै नगर प्रमुखमा निर्वाचित भएका हुन्। महराले ६ हजार सात सय ७३ र भट्टले ६ हजार दुई सय ६४ मत ल्याएका छन्। माओवादी केन्द्रका उम्मेदवार नवराज ऐरले पाँच हजार दुई सय २५ मत ल्याए।

उपमेयरमा भने कांग्रेकी कल्पना पन्त निर्वाचित भएकी छिन्। गठबन्धनबाट एकीकृत समाजवादीका माधव पन्तलाई एक हजार एक सय ५९ मतान्तरले हराउँदै कल्पना निर्वाचित भएकी हुन्। कल्पनाले ६ हजार पाँच सय १९ मत ल्याउँदा माधवले पाँच हजार तीन सय ६० मत ल्याएका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार