सामूहिक राजीनामाबारे थप छलफल गर्न नेपाल–खनाल समूहको स्थायी कमिटी बैठक बस्दै

नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहका सांसदहरुले राजीनामा दिनेबारे थप छलफल गर्न स्थायी कमिटी बैठक बस्ने भएको छ ।  नेकपा एमालेको विभाजन रोक्ने प्रयास सफल नभएपछि माधव नेपाल पक्षका सांसदहरुले वैशाख २७ गतेको प्रतिनिधिसभा अधिवेशन अघि नै राजिनामा दिने भएका हुन् ।

शनिबार बसेको सो समुहको बैठकले सामूहिक राजीनामाको निष्कर्ष निकालेको थियो । वैशाख २७ गते विश्वासको मत दिने बेलामा फ्लोर क्रस गर्नु अनुशासन विपरीत हुने भएकाले त्यस अगावै सांसदहरुले राजीनामा दिने सम्भावना बढेको नेताहरुले बताएका छन् ।

तर अदालतको फैसलाअनुसार एमाले पार्टी संरचना, विधान र नेतृत्व मान्न ओली तयार नभए सामुहिक राजीनामा गर्न सांसदहरु तयार भएका छन् । यसबारे थप छलफल गर्न आज स्थायी कमिटी सदस्यहरुको बैठक हुँदैछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार