आईएमई मोटर्स ‘हाइएस्ट बिजनेस ग्रोथ’ अवार्डबाट सम्मानित

आइएमई मोटर्स “हाइएस्ट बिजनेस ग्रोथ” अवार्डबाट सम्मानित भएको छ । भारतको कोचीमा शुक्रबारदेखि आयोजित ग्लोबल डिलर्स कन्फ्रेन्समा अशोक लेलैन्डले आइएमई मोटर्सका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाललाई उक्त अवार्डबाट सम्मानित गरेको हो ।

आइएमई मोटर्स नेपालका लागि अशोक लेलैन्ड इन्डियाको आधिकारिक बिक्रेता हो । अशोक लेलैन्ड इन्डियाले आइएमई मोटर्सलाई गत आर्थिक वर्षमा उत्कृष्ट व्यापार गरेबापत उक्त अवार्डबाट सम्मानित गरेको हो । उक्त ग्लोबल कन्फ्रेन्स शनिबार सकिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार