६५ वर्षमै वृद्धभत्ता दिने सरकारको तयारी, राज्यलाई वार्षिक ३० अर्ब भार थपिने

सरकारले ६५ वर्ष पुगेका नागरिकलाई वृद्धभत्ता वितरणको तयारी गरेको छ । सामाजिक सुरक्षावापत जेष्ठ नागरिकले पाउने भत्ता पनि ६५ वर्षमै पाउने गरि वितरण गर्ने सरकारले तयारी गरेको हो ।

आर्थिक वर्ष २०७९–८० को बजेटमा ६५ वर्ष पुगेका नागरिकलाई वृद्धभत्ता दिने तयारी गरिएको छ। अहिले ७० वर्ष पुगेका नागरिकले मासिक ४ हजार वृद्धभत्ता पाउँछन् ।

बृद्धभत्ताको उमेरलाई घटाएर ६५ वर्ष कायम गर्ने सरकारको योजना छ । अहिले मुलुकभर सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको संख्या करिब साढे ३४ लाख छ ।

अब सरकारले ६५ वर्ष उमेरमाथिका नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिँदा राज्यलाई वार्षिक करिब ३० अर्ब रुपैयाँ भार थपिने छ ।

सरकारले सामाजिक सुरक्षाका लागि वार्षिक करिब एक खर्ब रुपैयाँ खर्च गर्दै आएको छ। सरकारले अहिले सामाजिक सुरक्षा भत्ताअन्तर्गत ७० वर्ष पुगेका नागरिकलाई ज्येष्ठ भत्ता उपलब्ध गराउँछ।

यो उमेर घटाएर ६५ वर्ष कायम गर्दा राज्यलाई वार्षिक करिब ३० अर्ब रुपैयाँ भार थपिनेछ । सामाजिक सुरक्षा राज्यको दायित्व भए पनि प्रतिस्पर्धात्मक रूपमा बढाउँदै जाँदा अर्थतन्त्रले धान्न कठिन हुने अर्थविज्ञको तर्क छ ।

सामाजिक सुरक्षा सरकारको दायित्व भए पनि वृद्धभत्ता वितरणमा प्रतिस्पर्धा गर्नु जायज नभएको बताइएको छ । सरकारले २०५१ सालमा सामाजिक सुरक्षास्वरूप ७५ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई मासिक एक सय रुपियाँ प्रदान गरी उक्त कार्यक्रम सुरु गरिएको थियो।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार