भाइलाई पराजित गर्दै दाइ‍ वडा अध्यक्षमा निर्वाचित

अछामको साँफेबगर नगरपालिका वडा नम्बर १२ खप्तडमा भाइलाई पराजित गर्दै दाइ‍ वडा अध्यक्षमा निर्वाचित भएका छन् । आइतबार सार्वजनिक मत परिणाम अनुसार १२ नम्बर वडामा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका अछाम क्षेत्र नम्बर १ का क्षेत्रीय सहसचिव समेत रहेका जनकबहादुर कडायत वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

उक्त वडामा कडायतको पूरै प्यानल विजयी भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार